• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

पर्यटनमन्त्रीलाई निलम्बन नगरे लुम्बिनीमा बहिस्कार गर्ने कांग्रेसको चेतावनी



बुटवल । सांसदले वाइडबडी खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

आइतबार बसेको प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेस सांसद फकरुद्धिन खानले सभामा बोल्दै मन्त्री अधिकारीलाई तत्काल सरकारले निलम्बन गर्नुपर्ने माग राखेका हुन् । मन्त्री अधिकारी लुम्बिनी विकास कोषको पदेन अध्यक्ष समेत भएका र आफू पनि लुम्बिनी क्षेत्रको सांसद भएकाले कोष जस्तो पवित्र संस्थाको अध्यक्ष वाइडबडी विमान खरिदको अनियमिततामा मुछिएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे ।


अधिकारीले राजीनामा नगरे प्रधानमन्त्रीले हटाउनुपर्ने सांसद खानले बताए । अनियमितताको प्रश्न टुंगो नलागेसम्म निलम्बन र राजीनामा नभए मन्त्री अधिकारीलाई लुम्बिनीका जनताले बहिस्कार गर्ने चेतावनी दिए ।