१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ विन्दुमा झरेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये दुई उपसमूहको शेयर वृद्धि भएको छ । यस्तै आठ उपसमूहको शेयर कारोवार भने घटेको छ ।
स्टककाअनुसार उत्पादन शून्य दशमलव ६९ र अन्य दुई दशमलव ८७ विन्दुले बढेका छन् । यस्तै बैंकिङ क्षेत्र छ दशमलव ३२, होटल १२ दशमलव ८७, विकास बैंक चार दशमलव पाँच, जलविद्युत् पाँच दशमलव २५, वित्त शून्य दशमलव ८५, निर्जीवन बीमा ७१ दशमलव २७, लघुवित्त १२ दशमलव सात र जीवन बीमा ११ दशमलव १८ विन्दुले घटेको छन् ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स लिमिटेड, श्रीराम सुगर मिल्स लिमिटेड, तिनाउ विकास बैंकका शेयरधनीका कारोबार भने आज बढेको छ ।

यस्तै भार्गभ विकास बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका शेयरधनीको कारोबार आज घटेको छ ।