१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीका तीन जना अष्ट्रियामा मृत्यु, एक बेपत्ता



अ+ अ-

बर्लिन । अष्ट्रियाली आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ । अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

मृतकहरु ५७, ३६ र ३२ बर्षका पुरुष रहेको जनाइएको छ । शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको केहीबेरमै मृत्यु भएको बताइएको छ ।

अष्ट्रियाको भोरार्बर्गमा रहेको प्रहरी कार्यालयले आइतबार मृतकका आफन्तहरुले खोजी गरिदिन आग्रह गरेपछि खोजी गरिएको जनाएको छ ।

अझैपनि बेपत्ता रहेका २८ वर्षीय अर्का एक जना जर्मन नागरिकको पनि खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

अत्यधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।

युरोपेली देशहरुमा अहिले अत्यधिक चिसोका कारण हिउँ परेपछि मानवीय क्षति भएका समाचारहरु आइरहेका छन् ।