१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्यालयमा वैज्ञानिक शिक्षामा जोड



अ+ अ-

विदुर । समयानुकूल र वैज्ञानिक शिक्षाबाट समृद्ध समाज निर्माण गर्न राज्यले चाहे सम्भव रहेको सरोकार पक्षले बताउनुभएको छ ।

सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षण पद्धतिमा परिमार्जन हुनुपर्ने धारणा व्यक्त गर्दै अभिभावक, विद्यार्थीलगायत शैक्षिक क्षेत्रका व्यक्तिले शिक्षाको व्यापारलाई रोकेर यसलाई नैसर्गिक अधिकारका रुपमा र निःशुल्क बनाउनुपर्ने मागसमेत गर्नुभयो ।

जिल्लाको एउटा पुरानो शैक्षिक संस्था विदुर नगरपालिका–५ माझीटारस्थित च्वाडी पब्लिक माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सवका अवसरमा सहभागीले विद्यालयको समग्र सुधारका लागि व्यवस्थापकीय पक्ष सुदृढ हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन शिक्षण पद्धतिलाई परिष्कृत र परिमार्जित गरिनु अत्यावश्यक रहेको बताउनुभयो । प्रजिअ उद्धवबहादुर थापा, विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, विदुर– ३ का वडाध्यक्ष बद्री रिमाल र वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठ सदस्य बुद्धिबहादुर प्रधान, प्रअ टीकाराम खरेल, राप्रपाका रामकृष्ण भट्ट, पूर्वशिक्षक रामप्रसाद जोशी, पूर्वविद्यार्थी साथी समाजका उपाध्यक्ष शिव देवकोटालगायतले विद्यालयले भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति हासिल गरिसकेका अवस्थामा अब शैक्षिक विकासका नयाँ आयाममा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी तथा सञ्चारकर्मी शिव देवकोटालाई गरिएको थियो । त्यस्तै नेपाल पत्रकार महासङ्घ नुवाकोटका निवर्तमान अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समिति सदस्य प्रकाशकुमार अधिकारीले आफ्ना स्व पिता रामबहादुरका सम्झनामा स्थापना गरेको जेहेन्दार छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।