१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान खरिदमा मेरो संलग्नता छैन, आफ्नो गल्ती ढाकछोप गर्न सरकारले मलाई मुछ्यो- देउवा



अ+ अ-

धनगढी । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वाइडबडी खरिदमा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले वर्तमान सरकार आफ्नो गल्ती ढाकछोप गर्न र आफ्ना मन्त्रीहरुलाई बचाउन आफूलाई देखाएको आरोप लगाए । सरकारले विमान खरिदमा भएको आफ्नो भ्रष्टाचारलाई लुकाउन लागिपरेको र त्यसको दोष आफूमाथि थोपरेको उनको भनाई थियो ।


उनले भने, म प्रधानमन्त्री रहेका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी रहेको थियो र त्यस्तोमा मलाई विमान खरिदमा गर्ने निर्णय गरेको होइन उनले भने । सभापति देउवाले आफ्नो गल्ती ढाक्न बर्तमान सरकारले आफ्ना विरुद्धमा प्रपन्च गरेको बताए ।


आईतबार नेपाल पत्रकार महासंघ कैलाली शाखाले धनगढी बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले वाइडबडी विमान खरिद प्रक्रियाका सबै महत्वपुर्ण निर्णय तत्कालिन केपी ओली सरकारकै पालामा भएको बताए ।


त्यस पत्रकार सम्मेलनमा देउवाले खल्तीबाट कागज निकालेर बिमान प्रकरणका सम्पूर्ण निर्णय र मिति पनि सुनाएका थिए । देउवाले भने–‘२०७२ साल असोज २१ गते वाइडबडी खरिद गर्ने निर्णय भएको थियो त्यतीवेला प्रधानमन्त्री केपी ओली थिए, त्यस्तै २०७३ बैशाख २ गते केपी ओलीकै पालामा खरिदको वोलपत्र गरिएको थियो ।


त्यसैगरी सभापति देउवाले २०७२ साल असोज ३ गते प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारको संचालक समतिको बैठकले वाइबडी खरिद गर्न सरकार जमानी बस्ने बाहेक अन्य विषयमा कुनै पनि निणर्य नभएको र अहिलेको सरकार भ्रष्टाचारको भुमरीमा फसेकोले आफ्ना गल्ती लुकाउन जनतालाई भ्रममा पारिरहेको बताए ।