• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

कांग्रेस सरकारमा : यि हुन् छायाँमन्त्री, यस्तो छ चर्चा



काठमाडौं । सरकारको निगरानी गर्न काग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन्। रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदा ६३ मध्ये १० सांसदले नाम टिपाएका छन्।
सांसदलाई नाम टिपाउन कांग्रेसले एक साताको समय दिएको छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गर्ने निर्णय गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो।
अलिहेसम्म दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, डा डिला स्रंग्रौला, सुजाता परियार, देवप्रसाद तिमल्सेना, तेजुलाल चौधरी, मीनाक्षी झा, जिपछिरिङ लामा र रामबहादुर विष्टले छाया सरकारको मन्त्री बन्न आवेदन दिएका छन्। कांग्रेसले मन्त्रलायगत संयोजक र तीनजनासम्म सदस्य बनाएर छाया सरकार चलाउने तयारी छ।