८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजनमा ६५ हजार, २४ हजार बाँकी



अ+ अ-

काठमाडौं । सरकारले थालेको कर्मचारी समायोजन प्रक्रियामा सहभगी हुन देशभरका ६५ हजार ७९ कर्मचारी समायोजन सफ्टवेयरमा सहभागी भएका छन्।
सफ्टवेयरमा सहभागी भएकामध्ये आइतबारसम्म ४३ हजार नौसय ८६ कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन फाराम भरेका छन्। राजधानी दैनिक लेख्छ, हाल रहेका ८९ हजार कर्मचारीमध्ये ६५ हजार ७९ जना कर्मचारी समायोजन सफ्टवेयरमा सहभागी भएका छन् तर २४ हजार कर्मचारी भने हालसम्म समायोजन प्रक्रियामा सहभागी भएका छैनन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समायोजन शाखाका उपसचिव केशरबहादुर पण्डितले कर्मचारी समायोजनमा उत्साहजनक सहभागिता भइरहेको जानकारी दिए। सरकारले गत ११ पुसमा सार्वजनिक सूचना आह्वान गरी कर्मचारीलाई समायोजन भर्नका लागि २१ दिनको म्याद दिएको थियो। यही माघ २ गते म्याद सकिँदैछ।