५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको ठेकेदार हप्तादिनदेखि सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । मेलम्चीको पानी काठमाडौंसम्म ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेना हप्तादिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ ।

सुरुङ, स्थायी बाँध, पानी प्रशोधन केन्द्रलगायत निर्माणको मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौं आउने समय अझै लम्बिने भएको छ ।

मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजाना र ठेकेदारपक्षसँग संवाद नभएको प्रस्ट्याउनुभयो ।

‘गएको सोमबार नेपाल फर्किने भनेर ठेकेदार कम्पनीले नेपाल छोडेको थियो’, उहाँले भन्नुभयो–‘त्यसको अघिल्लो दिन हामी आउँछौँ भनेर इमेल आएको थियो । त्यसयता न ठेकेदार आयो न इमेल नै ।’

बोर्डले समस्या समाधानका लागि कम्पनीका सीइओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेली नभए प्रतिनिधिलाई वार्तामा बोलाएको थियो । कम्पनीले आउने संकेत दिएको थियो । तर अहिलेसम्म उनीहरु नेपाल फर्किने/नफर्किने ठेगान छैन ।

क्रिसमस र नयाँ वर्ष मनाउने नाममा देश छाड्न लागेका सीएमसीका कर्मचारीलाई पुस १ गते बेलुका त्रिभुवन विमानस्थलमा पक्राउ गरी राहदानी जफत गरिएको थियो । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा प्रकाशित छ।

पुस २३ गते फर्केर आउने र आयोजनाको बाँकी काम सम्पन्न गर्ने सहमतिमा इटालियन दूतावासको रोहबरमा उनीहरुलाई आफ्नो देश फर्कन दिइएको थियो ।

आयोजना र ठेकेदारबीच हुने संवादमा बाँकी काम सम्पन्न गर्नेबारे वार्ताबाटै समाधान निकाल्ने विषयमा कुरा हुने गरेको मेलम्ची बोर्डले जनाएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले ठेकेदार आउने भनिए पनि अहिलेसम्म नआएको र पछिल्लोपटक केही संवाद नभएको बताउनुभयो ।

‘ठेकेदार आउने त भनेको छ । तर अझै नेपाल आएको छैन । पछिल्लोपटक संवाद भएजस्तो लाग्दैन । मन्त्रालयले पर्खेर बसिरहेको छ । कुनै निर्णय गरेको छैन । उनीहरु आउने भन्दाभन्दै अर्को निर्णय त लिनुभएन नि ।’–उहाँले भन्नुभयो ।

खानेपानी मन्त्री विना मगरको सचिवालयले समस्या समाधानका लागि प्रयास भइरहेको जनाउँदै ठेकेदार पक्षसँग निरन्तर संवाद भइहरेको दावी गरेको छ ।