१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसी अस्पताल भर्ना, सरकार किन मौन ?



अ+ अ-

पशुपतिनगर । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।

१६ औँ पटकको अनसनको छैटौँ दिन आज डा. केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा. केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए । अस्पताल भर्ना गरिएपनि डा. केसीले औषधि भने लिन मानेका छैन्न् ।

वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताएका छन् । डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा बसेका थिए ।