१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेल्ने क्रममा एक खेलाडीको मृत्यु



अ+ अ-

काठमाडौँ । क्रिकेट खेल्दा खेल्दै एक खेलाडीको ज्यान गएको छ। रन लिने क्रममा एक भारतीय क्रिकेटरको हर्टअट्याकको कारण ज्यान गएको हो।


खेलमा रन लिएपछि जब नन स्ट्राइकमा पुगे। तब उनी मैदानमा ढलेका थिए। यसपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको ज्यान गएको भारतीय मिडियाहरूले जनाएका छन्।


गोवाका पूर्व रणजी क्रिकेटर ४६ वर्षिय राजेश घोडगे आइतबार दक्षिण गोवामा भइरहेको एक प्रतियोगितामा रन लिए लगत्तै मैदानमै ढलेका थिए।

प्रतियोगितामा ३० रन बनाइसकेका घोडगे नन स्ट्राइकहुँनासाथ मैदानमा ढलेको प्रतियोगिता आयोजक मार्गावो क्रिकेट क्लबका सचिव पूर्व भाम्ब्रेले बताए।


मैदानमै लडेका उनलाई नजिकको ईएसआई अस्पतालमा लगिएको थियो। त्यसपछि थप उपचारका लागि ३० किमी टाढा एक निजी अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पताल भर्ना गरेलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।


घोडगे प्रतियोगिता आयोजना गर्ने क्लबका सचिवसमेत थिए। भाम्ब्रेका अनुसार यसअघि उनलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या थिएन। घोडगेले गोवाका लागि दुई पटक रणजी प्रतियोगिता खेलेका थिए। यस्तै सन् १९९० को दशकमा उनले कही एक दिवसीय प्रतियोगितासमेत खेलेका थिए।


यसअघि पनि अष्ट्रेलियाका फ‍िल‍िप ह्रयूजले क्रिकेट मैदानमै ज्यान गुमाएका थिए। उनलाई बलले लागेको थियो।