जनकपुरधाम । आईतबार प्रदेश नम्बर २ का मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना भएका छन् ।
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आफ्नो आफन्तलाई जागिर नदिएको रिशमा कुटपीटमा परेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा आज अस्पताल भर्ना भएका हुन् । झालाई जनकपुरस्थित केयर नर्सिङ होममा राखिएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।
सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपीट गरेको थिए । झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको झाको परिवार स्रोतले जनाएका छन् ।
आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।
आइतबार घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्यी छानविन टोली गठन गरेका छन् । टोलिले सोमबारबाट छानबवन सुरु गर्ने बताएका छन् ।