१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिताको भाषामा ध्यान दिन आग्रह



अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।


काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘भाषिक पत्रकारिताको व्यवस्था तथा आचारसंहिता’ विषयको अन्तरक्रियामा श्रेष्ठले भाषिक पत्रपत्रिका तथा साना लगानीका मिडियामा समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि सरकारविरुद्ध मुद्दा लडी आफ्नो पक्षमा फैसला भएको जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस सम्बन्धमा सम्बोधन गर्ने गरी ऐन ल्याउने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषा बाँच्यो भने देश बाँच्ने हो, त्यसैले पनि आम पत्रकारिता क्षेत्रले भाषामा ध्यान दिनुपर्छ ।”


काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका अनुसार नेपालमा मातृभाषाका ६५ पत्रपत्रिका भए पनि ती व्यावसायिक बन्न नसके पनि तिनले स्थानीय समाचारलाई प्राथमिकता दिएका छन् । पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने तथा प्रेस स्वतन्त्रताको संरक्षण संम्बद्र्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्ने उद्देश्यले विस २०२७ असोज ६ गते काउन्सिल स्थापना गरिएको हो ।