८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिताको भाषामा ध्यान दिन आग्रह



अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।


काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘भाषिक पत्रकारिताको व्यवस्था तथा आचारसंहिता’ विषयको अन्तरक्रियामा श्रेष्ठले भाषिक पत्रपत्रिका तथा साना लगानीका मिडियामा समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि सरकारविरुद्ध मुद्दा लडी आफ्नो पक्षमा फैसला भएको जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस सम्बन्धमा सम्बोधन गर्ने गरी ऐन ल्याउने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषा बाँच्यो भने देश बाँच्ने हो, त्यसैले पनि आम पत्रकारिता क्षेत्रले भाषामा ध्यान दिनुपर्छ ।”


काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका अनुसार नेपालमा मातृभाषाका ६५ पत्रपत्रिका भए पनि ती व्यावसायिक बन्न नसके पनि तिनले स्थानीय समाचारलाई प्राथमिकता दिएका छन् । पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने तथा प्रेस स्वतन्त्रताको संरक्षण संम्बद्र्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्ने उद्देश्यले विस २०२७ असोज ६ गते काउन्सिल स्थापना गरिएको हो ।