५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० हजार घुस लिएको अभियोगमा खरिदारविरुद्द मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको आयोगले जनाएको छ ।

केही दिन अघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।