१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाकु व्यवसायीलार्ई भ्याइनभ्याइ



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।

माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि १५० किलोसम्म चाकु बिक्री भइरहेको बताउनुभयो ।

“दिनको यति नै व्यापार हुन्छ भन्ने त हुँदैन तर पनि कामदारको ज्याला कटाएर दुई हजारदेखि रु दुई हजार ५०० सम्म कमाइ हुन्छ”, श्रेष्ठले भन्नुभयो, “चाकु बनाउनलाई दिनको ५० किलोको दुई÷तीन बोरासम्म सख्खर खपत हुन्छ ।”

त्यसका लागि आवश्यकपर्ने कच्चपदार्थ (सख्खर) कृष्णनगरबाट ल्याउने गरेको र एक पटकमा ५०/६० बोरासम्म ल्याउने गरेको उहाँले बताउनुभयो । खासै पुस र मागमा बिक्री हुने गरेको चाकु बनाउने काम एक÷दुई महीनासम्म चल्ने गरेको उहाँको भनाइ छ । काम गर्नेलाई दैनिक रु सात सयका दरले ज्याला दिने गरेको छ । आफ्नो पसलमा चार जनाले काम गरिरहेको श्रेष्ठले बताउनुभयो ।

अरनिको राजमार्गको छेउमा पसल गरेर चाकु व्यवसाय सञ्चालन गर्दै आउनुभएका श्रेष्ठले बाहिर सडक छेउमा नै यात्रा गर्ने यात्रुलाई बिक्री गर्दै आउनुभएको छ । त्यस्तै चाकु खरिद गर्न सिन्धुपाल्चोक, दोलखा र रामेछापको मन्थलीसम्मका व्यापारी पसलमा आउने गरेको उहाँले बताउनुभयो ।

अर्का नजिकैको चाकु पसलमा काम गर्दै आउनुभएका श्याम तामाङले सानाठूला गरी दैनिक चार हजार पिससम्म बिक्री हुँदै आएको बताउनुभयो । “किलोको हिसाबमा भन्दा पनि हामीले सख्खरलाई घोलेर साना र ठूला साइजमा चाकु बनाएर प्याकिङ गर्ने हो, त्यसरी बनाएका चाकु दैनिक चार हजार पिससम्म बिक्री हुन्छ”, ताामाङले भन्नुभयो, “बजारमा मागअनुसार पु¥याउन यतिखेर हम्मेहम्मे हुन्छ ।” उहाँका अनुसार यहाँ उत्पादन हुने चाकु काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौँका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।

पाँच÷छ वर्ष अगाडिदेखि काम गर्दै आउनुभएका तामाङले दैनिक रु एक हजार १०० पाउने गरेको बताउनुभयो । सो पसलमा काम गर्ने अरु पाँच जना कामदारले भने कामअनुसारको दैनिक रु ७०० देखि ८०० सम्म ज्याला पाउने गरेको बताउनुभयो । कामदारले दाउरा चिर्ने, घोल्ने, तयार पारिएको चाकुमा पौष्टिक तत्व मिसाएर प्याकिङ गर्ने र बजारमा बिक्री गर्नेलगायतका काम गर्नुपर्छ ।

पुस–माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने र शरीरलाई आवश्यकपर्ने पौष्टिक तत्व प्राप्त हुने भएकाले मानिसले चाकु सेवन गर्ने गर्दछन् ।