२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेष्टर सिटीको सहज जित, लिभरपुलसँगको अंक दूरी ४ मा झर्यो



अ+ अ-

काठमाडौं । गाब्रियल जेसिसको दुई गोलसँगै म्यानचेष्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ । जितसँगै सिटिको जारी लिगमा लिग लिडर लिभरपुलसँगको अंक दूरी ४ मा झारेको छ ।

सोमबार राति भएको खेलमा म्यानचेष्टर सिटीले वोल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले दशौं मिनेटमा जेसिसको गोलबाट अग्रता लिएको थियो । खेलको १९ औं मिनेटमा भ्रमणकारी टोलीलाई झड्का लाग्यो । उसका बोली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भयो ।

३९ औं मिनेटमा पाएको पेनाल्टीमा जेसिसले नै गोल गरेपछि पहिलो हाफमा सिटी २–० ले अगाडि रह्यो ।

खेलको ७८ औं मिनेटमा कोडीले आत्मघाती गोल गरेपछि म्यानचेष्टर सिटी ३–० गोलले विजयी भएको छ ।

जितसँगै उसको २२ खेलबाट ५३ अंक भएको छ । समान खेलबाट ५७ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ११ औं स्थानमा रहेको वोल्भ्सको २९ अंक छ ।