१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाद्वारा भारतसमक्ष जितका लागि २९९ रनको चुनौती



अ+ अ-

एडिलेड । भारत र अस्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २९८ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि सन मार्सले १३१ रन तथा ग्लेन म्याक्सवेलले ४८ रन बनाएका थिए ।

तीन खेलको यस शृङ्खलामा अस्ट्रेलिया एक खेल जितेर अगाडि छ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतलाई पहिलो खेलमा अस्ट्रेलियाले ३४ रनले पराजित गरेको थियो ।

अस्ट्रेलियाली टिमका कप्तान आरोन फिन्चले एडिलेडको पिच ब्याटिङका लागि उपयुक्त रहेको देखिएकाले पहिले ब्याटिङ रोजेको बताउनुभयो । भारतीय कप्तान कोहलीले पनि टस जितेको भए पहिले ब्याटिङ रोज्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको पिच ब्याटिङका लागि ज्यादै राम्रो छ । तर, आज निकै गर्मी भएकाले खेल्न कठिन हुनेछ ।”

अस्ट्रेलियाली टिममा परिवर्तन गरिएको छैन, तर भारतीय टिममा एक खेलाडी परिवर्तन गरिएको छ । तिब्र गतिका बलर खलिल अहमदको सट्टामा मोहम्मद सिराजलाई टिममा समावेश गरिएको छ ।