१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक विस्तारपछि व्यापार फस्टायो



अ+ अ-

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा कुनै समय यात्रु र स्थानीयवासीले सबैभन्दा धेरै सास्ती खेप्नु पथ्र्यो । यो सडकको नाम लिने बित्तिकै धेरैको आङ सिरिङ्ग हुुन्थ्यो । चार वर्ष लगाएर सडक निर्माण सम्पन्न गरिएसँगै सो क्षेत्रको मुहार फेरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार गरिएपछि यस क्षेत्रका होटल तथा रेष्टुरेष्टको व्यापार व्यवसाय फस्टाएको छ । “चार वर्षसम्म धुलो र पहिरोको सास्ती भोग्यौँ,” भरतपुर महानगरपालिका–२९ खहरेका रेष्टुरेष्ट व्यवसायी नारायणकुमार मगरले भन्नुभयो”, व्यापारको त कुरै छाडौँ, घरमा समेत बस्न सक्ने अवस्था थिएन ।” सडक विस्तारपछि व्यापार चार गुणाले वृद्धि भएको उहाँको भनाइ छ ।

सडक विस्तारपछि उक्त सडकखण्डमा यात्रा गर्नेको सङ्ख्या बढेको छ । “धुलो र अत्यधिक जामका कारण चालक र यात्रुले गाडी रोक्न मान्दैनथे,” मगरले भन्नुभयो, “अहिले यात्रुले यही खाजा÷खाना खान्छौँ भन्ने गरेका छन् ।” घण्टौँ लाग्ने बाटो अहिले करीब ३० मिनेट छोट्टिएको छ । भरतपुर र नारायणगढ बजारका बासिन्दा समेत ढिँडो र लोकल कुखुराको स्वाद लिन आउने गरेको मगरले बताउनुभयो । “सडक विस्तार गर्नु अघि दैनिक रु पाँच हजासम्म व्यापार हुन्थ्यो, अहिले दैनिक रु ३० हजारसम्मको व्यापार हुन्छ ।” सामान्य चिया पसल गर्नेका पनि व्यापार फस्टाएको छ ।

दासढुङ्गामा होटल व्यवसाय गरिरहनुभएका भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर मगर सडक स्तरोन्नतिका कारण सुस्ताएको व्यापारमा वृद्धि भएको बताउनुहुन्छ । “अहिले सडकको अवस्थामा निकै सुधार आएको छ, हाम्रो व्यापार पनि बढेको छ”, उहाँले भन्नुभयो । पछिल्लो समय यस क्षेत्रका अधिकांश होटल व्यवसायीले खाना गुणस्तरमा समेत ध्यान दिएको पाइएको छ ।

होटल व्यवसायी सङ्घ चितवन, रामनगर सिमलताल एकाइका अध्यक्ष रामबहादुर गुरुङ सडकको अवस्थामा सुधार आएपछि अधिकांशले सवारीसाधन रोक्ने गरेको बताउनुहुन्छ । “अहिले सबैले यही सडकखण्ड प्रयोग गर्न थालेका छन,” उहाँले भन्नुभयो । सो सडकखण्डअन्तर्गतका होटल तथा रेष्टुरेन्टलाई व्यवस्थित गर्न थालिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतका रामनगर, जुगेडी, दासढुङगा, खहरे, चौधकिलो, गाइघाट, घुमाउने, सिमलताल, जलविरेलगायत क्षेत्रको व्यापार व्यवसाय अहिले फस्टाएको छ । सो सडकखण्डमा व्यवसायी सङ्घमा आवद्ध ५४ तथा अन्य साना ठूला गरी करीब दुई सय होटल र रेष्टुरेन्ट छन् ।