६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

केन्द्रीय कारागारमा अस्पताल

केन्द्रीय कारागारमा अस्पताल
अ+ अ-

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पतालका शाखा अधिकृत सुनिता घिमिरेका अनुसार कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्न श्यया थप गरिएको हो । “दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो । तीस श्ययाको अस्पतालमा विभिन्न रोगका सात विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी छन् । केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ । तीनवटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० रहेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठ कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वाड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताउनुहुन्छ । पन्ध्र श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको हो । उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन् ।

कारागार अस्पतालले अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरेको छ । “रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताललगायतमा पठाउँदै आएका छौँ”, श्रेष्ठले भन्नुभयो ।

कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग देखापरेको छ । साँघुरो ठाँउ र धेरै कैदीबन्दी राख्दा उक्त रोग बढी देखिएको हो ।

दैनिक ८० देखि १०० बिरामीको उपचार गरिरहेको कारागार अस्पतालमा मङ्सिरमा ४७३ पुरुष र ७२ महिला कैदीबन्दीको उपचार गरिएको छ । आव २०७४÷७५ मा ३२ हजार कैदीबन्दीको उपचार गरिएको थियो । केन्द्रीय कारागार अस्पतालका बिरामीबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको समेत उक्त अस्पतालले उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ ।

अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अस्पताल प्रशासनले ११औँ तहको दरबन्दी र चिकित्सक माग गरेको छ । यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउनका लागि माग गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबीसै घण्टा सेवा सञ्चालन गर्दै आएको छ ।