६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पूर्वधार बिकासको पर्खाइमा ज्यामरुककोट

पूर्वधार बिकासको पर्खाइमा ज्यामरुककोट
अ+ अ-

म्याग्दी । बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक तथा पुरातात्विक स्थल ज्यामरुककोट सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारबाट ४ किलोमिटर दूरीमा रहेको ज्यामरुककोटमा पर्यटक आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमशिखर अवलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० भन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

ज्यामरुककोटको इतिहास १५औं शताब्दीको विरासतसँग जोडिएको छ । १५औं शताब्दीको प्रारम्भसँगै थापाहरुले राज्य गर्न थालेपछि अस्तित्वमा आएको ज्यामरुक कोटमा रहेको ९खड्गभवानी कोट० का दुर्लभ हातहतियार र अभिलेखहरुले यसको ऐतिहासिक महत्वलाई स्पष्टसँग बुझाएका छन् । सो कोटमा ५ सय ७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख छन् ।

ज्यामरुककोटमा वि.सं १२४६ देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५ को भदौमा थापाहरुको पुख्र्यौली थलो मानिएको ताकमलाई डिम्ब मल्लले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहु र राखुका थापा राजाहरुले राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना बनेपछि थापा राज्यको अन्त्य भएको इतिहासमा उल्लेख रहेको बेनी नगरपालिका २ ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले बताए ।

उनले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीय स्थलहरुको विकास गर्नुरहेको बताए । ‘खबराको लम्बी हिललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘त्योसँगै खड्गभवानी कोतमा पनि पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्र बनाउन पहल हुनेछ ।’

करिब ५ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाहरुका ताम्रपत्रमा अंकित इतिहास, तोप, खुँडा, तरवारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा छन् । संरक्षणको अभावमा हातहतियारमा खिया लागेको छ ।

कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्युटावर निर्माण गरेर प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने खड्गभवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।