६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नवदुर्गा देवगणको ङालाकेगु जात्रा

नवदुर्गा देवगणको ङालाकेगु जात्रा
अ+ अ-

भादगाउँ । भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ङालाकेगु (माछा मार्न दिइने) जात्रा गए रातिदेखि शुरु भएको छ ।

सोह्रौँ शताब्दीदेखि प्रचलनमा आएको यो जात्रा माघे सङ्क्रान्तिको राति देवगृहबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिकादेवी देवतालाई आह्वान गरी श्वेत भैरवले विधिवत् रुपमा पूजाअर्चना गरेपछि शुरु भएको हो । सूर्यमढीबाट शुरु गरिएको यो जात्रा क्रमशः भक्तपुर नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । करीब आठ महीनाभित्र भक्तपुर नगरका सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछेँ, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछेँ, टिबुक्छेँ, विलाछेँ, खौमा, इताछेँ, बालाखु, तुलाछेँ, चोछेँ र इच्छुमा नवदुर्गा नाच प्रदर्शन गर्दै ङालाकेगु जात्रा गरिन्छ ।

सो नाचमा खिंबाजा, तंबाजा, कंशबाजा, महादेव, गणेश, इन्द्रायणी, भैरव, महाकाली, बाराही, कुमारी, गुज्यकाली, महालक्ष्मी, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, पूजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण हुन्छ । जात्रा अवधिभर विभिन्न हाउभाउ प्रस्तुत गर्दै थरिथरिका रसरङ्गसहित विधिवत् रुपमा नाच प्रदर्शन गरिने परम्परा छ ।

सोहीअनुसार फरक फरक ढङ्गका व्यवहार तथा पञ्चरङ (रातो, कालो, सेतो, हरियो, पहेँलो) बाट विभिन्न किसिमको नाच प्रस्तुति हुन्छ । देवगणले विभिन्न पहिरन र मुकुण्डो लगाई बाजाका तालमा गीति नाटकका रुपमा नाच प्रदर्शन गर्छ ।

नारीप्रति अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज र मतिना नाचसँग सम्बन्धित यस जात्राले समाजलाई दिशाबोध गरिरहेको संस्कृतिकर्मी बताउँछन् । “यस नवदुर्गाको जात्राले मानव समाजको विकासको सन्देश दिइरहेको पाइन्छ,” इतिहासविद् तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले भन्नुभयो,“मानव समाजका बारेमा दिशानिर्देशन गराउन यस जात्रा सञ्चालन भएको हुनुपर्छ । ”

पौराणिक किंवदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवि राजा आनन्ददेवले भक्तपुर शहरलाई नवदुर्गा भवानीमार्फत राजधानीको शहरका रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका हुन् ।

जात्रामा द्यो ब्वेकेगु अथवा प्रसाद ग्रहण गर्ने प्रक्रिया हुन्छ । जात्रामा माछा, अण्डा, बारा, चटामारी, योमरी, भटमास, सम्येबजी, मासुको परिकार, गेडागुडी, दहीचिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिका रुपमा हाँस, कुखुरा, राँगो, बोका र भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिका रुपमा सुङ्गुर लखेटेर ९बां लिकेगु० जात्रा मनाउने चलन पनि छ ।

नवदुर्गा देवगणलाई प्रसाद ग्रहण ९द्यो ब्वेकेगु० कार्य गर्दा आफ्नो सन्तान निरोग हुने, गरेको काम सफल हुनाको साथै कुल स्थिर हुने जनविश्वास छ । आफ्नो दीनदशा बिग्रेको बेला नवदुर्गाको दहीचिउरा, पञ्चरङ्गी धागो, मूलपात्रको जल, मोहनी ९कालो टीका० ग्रहण गर्दा बिघ्न बाधा हट्नाको साथै निरोग हुनेु विश्वास रहेको पाइन्छ ।

नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका त्रासबाटमुक्त हुने जनश्रुति रहेको पाइन्छ । जात्रा सञ्चालन र नाचका बारेमा कुनै लिपिबद्ध लेख रचना नभएको कारण नयाँ पुस्तामा जात्रा हस्तान्तरण गर्दा समस्या आउने गरेको देवगणका नाइके बताउँछन् । भक्तपुरको कला, संस्कृति र जनजीवनसँग जोडिएको यो नाचलाई निरन्तरता दिन आर्थिकलगायत समस्या रहेको उनीहरु बताउँछन् ।