२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तीनाथको दर्शनसंगै आज बिहीबार, यस्तो छ तपाईको भाग्य र भविष्य



अ+ अ-

वि.सं.२०७५ साल माघ ३ गते। बिहीबार। इश्वी सन् २०१९ जनवरी १७ तारिख।

यस्तो छ तपाईको आज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपनापनि बढ्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।


बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन सफल रहनेछ ।


बृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनोबल उच्च रहनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पाईनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रोवाट