![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/makwanpur-1024x768.jpg)
हेटौँडा । यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ ।
दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । विसं १८१९ माघ १० गते गुरगिन खाँ नेतृत्वको मुुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले उक्त दिन हेटौँडाको चौकीटोलदेखि मकवानपुरगढीसम्म २१ किलोमिटरको दौड प्रतियोगिता तथा पर्यटन प्रवद्र्धन तथा कार्यक्रमलाई थप रोचक बनाउन हाफ म्याराथन प्रतियोगिता आयोजना हुने बताए।
प्रतियोगितामा सातै प्रदेशका दुई दुई धावक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका धावकले सहभागिता जनाउनेछन् । प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५ हजार तथा चौथो र पाँचौँलाई रु पाँच पाँच हजार पुरस्कार प्रदान गरिने छ ।
नेपाली सेनासँगको सहकार्यमा गाउँपालिकाले कार्यक्रम आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिए ।