११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना प्रति नेविसंघका केन्द्रीय सदस्य क्षेष्ठद्धारा दुःख ब्यक्त



अ+ अ-

पर्वत । पर्वतको कुस्मा नगर पालीका १ मालढुङ्गामा भएको बस दुर्घटना प्रति नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लिखीत क्षेष्ठले दुःख ब्यक्त गरेका छन् । क्षेष्ठले पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गामा बस दुर्घटना भई ८ जनाको मृत्युले निकै दुखीत तुल्याएको बताएका छन् ।

बिहिबार बिहान म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस सवा ८ बजे दुर्घटना भएको थियो । उक्त दुर्घनामा परि पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार, उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दी पाखापानीका राजेश पुन, विष्णुमाया पुन र बागलुङको कु्ँडुलेकी शान्ती केसीको ज्यान गएको हो । क्षेष्ठले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारहरु प्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुलाई राज्यले उपचारको सम्पूर्ण व्यवस्था गरोस् माग गरेका छन् ।