२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा घट्यो यस्तो अच्चमको घटना ! काजकिरिया गरेको ६ महिनापछि ‘मृतक’ फर्केपछि….



अ+ अ-

काठमाडौं । उनी जीवित छन् । तर, हातमा छ मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बीमाबापतको १० लाख रुपैयाँ पनि उनको परिकारले बुझिसकेको छ ।

यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर, नेपाल आएपछि उनको आफ्नो बारेमा जे सुने, त्यसपछि भने उनमा मानसिक आघात पर्ने गयो ।

मृत्युको प्रमाणपत्र देखाउदै उनले भने, ‘यही हो मेरो पासपोर्ट मेरो मृत्यु भइसकेको प्रमाण बनेछ ।’ उनी कारर्यरत होन्डाइ कम्पनीले उनको पासपोर्ट अर्केको शवका बाकसमा राखिदिएछ । उनलाई साउदी पठाउने म्यानपावरले पनि यथार्थ बुझ्न तत्परता देखाएन । साउदीबाट आएको शवको बाकसमा उनको नाम र पासपोर्ट राखिएकै कारण परिवारले मृत्युसंस्कार ग¥यो । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।