२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–जापान बैठक, श्रमिक भर्ना अप्रिलदेखि



अ+ अ-

काठमाडौं । बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् ।

बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएका थियो ।‘नेपाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीचको यो प्रारम्भिक बैठक हो । ‘दक्ष श्रमिकको भिसाको अवधि ५ वर्ष र अदक्ष श्रमिकको भिसा अनिश्चित छ ।

भाषा परीक्षामा उत्तीर्ण हुनेलाई छनोट गरिन्छ । कुन तहको भाषा परीक्षा लिने भन्ने बारेमा कार्यविधि बन्दै छ । कार्यविधि बन्नेबित्तिकै नेपाललाई जानकारी दिइनेछ’ । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।