७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

मुस्लिम पहिचानसहितको समुदाय हो : सभापति देउवा

मुस्लिम पहिचानसहितको समुदाय हो : सभापति देउवा
अ+ अ-

पोखरा : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बी आफ्नो धर्मप्रति पूर्ण आस्थावान् र आफ्नै पहिचान बोकेको समुदाय रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसको पोखरास्थित पार्टी कार्यालयको परिसरमा शनिबार नेपाल मुस्लिम सङ्घ, प्रथम गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक, बौद्धिक र सामाजिक क्षेत्रमा मुस्लिम समुदायले गरेको योगदानलाई पार्टीले सम्मान गरेको बताउनुभयो । उहाँले काङ्ग्रेसले मुस्लिम समुदायका लागि पार्टीको सहसचिवलगायत पाँच पदाधिकारीको पद आरक्षित गरेको प्रसङ्ग उल्लेख गर्दै यस पार्टीले सबै धर्म समुदायलाई समेटेर अगाडि बढ्ने गरेको स्पष्ट पार्नुभयो ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रको निर्माण र लोकतन्त्र ल्याउनमा मुस्लिम समुदायको अहम् भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसलाई सुध्रिनुपर्ने र नयाँ छविका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनाका साथै देउवा र पौडेल गुटका रुपमा नभई नेपाली काङ्ग्रेसका रुपमा जनताको माझमा पुग्न कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले सुशासन, शान्ति र विकासका कार्य सरकारले गर्न नसकेको आरोप लगाउँदै मुलुकको उन्नतिका लागि सजग हुनु आवश्यक रहेको बताउनुभयो ।

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले मुस्लिम धर्मावलम्बीले अब नेपाली काङ्ग्रेसलाई चुस्त र दुरुस्त बनाउनतर्फ अग्रसर हुन आह्वान गर्नुभयो । उहाँले पार्टीभित्रका तीक्ततालाई अन्त्य गरी एकजुट भएर अगाडि बढेमा काङ्ग्रसलाई कसैले हराउन नसक्ने धारणा राख्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एउटा निर्वाचन हार्दैमा निराश नहुन कार्यकर्तालाई उत्साहित गर्दै पार्टीको सङ्गठनलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।

पूर्वमन्त्री फरमुल्ला मन्सुरले धार्मिक सांस्कृतिकको जगेर्नाका साथै लोकतन्त्रलाई बलियो बनाउने दायित्व काङ्ग्रेसले जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति अब्दुल सतारले कार्यक्रमको अध्यक्षता गर्दै केन्द्रका साथै गण्डकी प्रदेशले पनि मुस्लिमको पर्वमा सार्वजनिक बिदा नदिएको सम्बन्धमा आपत्ति जनाउनुभयो ।

सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यमा सुरेन्द्रराज पाण्डे, जीवन परियार, प्रदीप पौडेल, डा अबातुल मन्सुर, तरुण दलका केन्द्रीय सभापति जीतजङ्ग बस्नेत, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी लगायतले भेलाको सफलताको कामनाका साथै मुस्लिम धर्मावलम्बीको योगदानबारे चर्चा गर्नुभएको थियो ।

पार्टी सभापति देउवाले राष्ट्र र समाजमा योगदान पु¥याउनुभएका अन्तर्राष्ट्रिय फुटबल महिला खेलाडी दिया बानू लगायतलाई सम्मान गर्नुभयो ।