२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको जितमा सलाहको दुई गोल



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर लिगकै शनिबार राति खेलिएको खेलमा ‘लिग लिडर’ लिभरपुलले घरेलु मैदानमा क्रिस्टल प्यालेसमाथि ४—३ गोलको प्रतिस्पर्धात्मक जित हात पार्‍यो । लिभरपुलको जितमा मोहमद सलाहले दुई गोलको योगदान गरे ।

सलाहका अतिरिक्त रोबर्टो फर्मिनो र साडियो मानेले पनि एक/एक गोल थपे । इजिप्टका २६ वर्षीय खेलाडी सलाहले प्रिमियर लिगमा गरेको गोल सँख्या ५० पुगेको छ । उनले ७२ खेल खेलेर ५० गोलको कोशे ढुंगा पार गरेका हुन् ।

एन्ड्र्यू कोल ९६५ खेल , एलन सियरर ९६६ खेल र रुड भान निस्टलरोय ९६८ खेलले मात्र सलाहभन्दा कम खेल खेलेर ५० गोलको कोशे ढुंगा पार गरेका छन् । साडियो मानेले भने क्रिस्टल प्यालेसविरुद्घको पछिल्ला चारमध्ये हरेक खेलमा गोल गरेका छन् ।

यसैगरी सन् २०१५ को अक्टोबरमा योर्गेन क्लोपले लिभरपुलको प्रशिक्षकको जिम्मेबारी सम्हालेयता रोबर्टो फर्मिनो ६९ गोलमा कुनै न कुनै रुपमा जोडिन पुगेका छन् । उनले ४५ गोल आफैले गरेका छन् भने २४ गोलका लागि पास उपलब्ध गराएका छन् ।

क्रिस्टल प्यालेस सन् २०१८ को फेब्रुअरीयता एनफिल्डमा खेलिएको खेलमा एकभन्दा बढी गोल गर्ने पहिलो प्रिमियर लिग टोली बनेको छ । सन् २०१८ को फेब्रुअरीमा भ्रमणकारी टोली टोट्टनहामले एनफिल्डमा लिभरपुललाई २—२ गोलको बराबरीमा रोकेको थियो ।

यसैगरी लिभरपुलले आफ्नो घरेलु मैदानमा एक हजार गोलको कोशे ढुंगा पनि पार गरेको छ । यसअघि प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीले मात्र आफ्नो घरेलु मैदानमा एक हजार गोल गर्न सकेका थिए ।

क्रिस्टल प्यालेसका गोलरक्षक जुलियन स्पेरोनी यो सिजनको प्रिमियर लिगमा मैदानमा ओर्लने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । लिभरपुलविरुद्घको खेलमा क्रिस्टल प्यालेसको गोल पोष्टको जिम्मेबारी समाल्दा उनको उमेर ३९ वर्ष दुई सय ४६ दिन थियो ।

यसैगरी शनिबार राति नै खेलिएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा ब्राइटनलाई २—१ गोलले पाखा लगायो । म्यानचेस्टर युनाइटेडका लागि २७औं मिनेटमा पल पोग्बाले पेनाल्टीमार्फत पहिलो गोल गरे । ४२औं मिनेटमा मार्कुस रासफोर्डले टोलीका लागि दोस्रो गोल थपेका थिए । ब्राइटनका लागि भने एकमात्र गोल ७२औं मिनेटमा पास्कल ग्रसले गरेका थिए । समाचार अन्नपूर्ण पोष्टमा छ ।