२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा रियल मड्रिडद्धारा सेभिया पराजित, कासिमिरो र मोड्रिचले गरे गोल



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा रियल मड्रिडले सेभियालाई २– ० गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा कासिमिरो र लुका मोड्रिचले गोल गरे ।

पहिलो हाफमा भने रियल मड्रिडले सेभियासँग गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा रियल मड्रिडले दुई गोल गर्न सफल भयो । रियल मड्रिडका लागि ७८ औ मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मोड्रिचले गोल गर्दै रियल मड्रिडलाई २–० गोलको जित दिलाए ।

शनिबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले हुइस्कालाई ३–० गोलअन्तरले पराजित गर्दा भ्यालेन्सियाले सेल्टा भिगोलाई २–१ गोलअन्तरले पराजित गरेका छन् ।

जितपछि रियल मड्रिडले २० खेलबाट ३६ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको सेभियाको भने ३३ अंक रहेको छ ।