१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानद्धारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

काठमाडौं । पाकिस्तानले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

पाकिस्तानले पहिलो जित निकालने क्रममा अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो । यो जितसँगै पाँच म्याचको सिरिजमा १–० को अग्रता लिएको छ ।

पोर्ट एलिजाबेदमा घरेलु टोलीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पाकिस्तानले अन्तिम ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि इमााम उल हकले ८६ रनको योगदान दिए भने मोहम्मह अफिज ७१ रनमा नटआउट रहे । बाबर आजम मात्र एक रनले अर्धशतक बनाउन चुके ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले हासिम अमलाको शतकको मदतमा निर्धारित ५० ओभरमा मात्र २ विकेट गुमाएर २६६ रन बनाएको थियो । अमलाले १०८ रन बनाए ।