१ मंसिर २०८१, शनिबार
,
Latest
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एस बिच सहकार्य लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति मञ्चमा फर्किए मह जोडी भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने विराटनगरमा राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार जब ध्यानमा बसे……..



अ+ अ-

बागलुङ । सधैँ समाचारको खोजीमा दौडिरहने यहाँका पत्रकार शनिबार भने ध्यानमा मस्त थिए । व्यस्त दैनिकी छलेर केहीबेर तनावमुक्त समय बिताउन पाउँदा अघिपछि भन्दा प्रफुल्ल देखिन्थे । झण्डै चार घण्टा पत्रकारले आफ्ना लागि छुट्याए । आफूलाई चिन्ने कोसिस गरे ।

पत्रकार महासङ्घ बागलुङ शाखा र ओशो अमृतम् ध्यान केन्द्र बागलुङले ध्यान शिविरको चाँजोपाँचो मिलाएका थिए । केही घण्टा भए पनि ध्यानमा बस्न पाउँदा पत्रकारले आत्मिक शान्ति र सुखको अनुभूति गरे । अधिकांश पत्रकारलाई त्यो पहिलो अनुभव थियो ।

“सकारात्मक ऊर्जा प्राप्त भयो”, पत्रकार विजय रानाले भन्नुभयो, “स्वस्थ शरीर र मनका लागि ध्यान अन्यन्त जरुरी रहेछ ।” उहाँले ध्यानले मानिसमा उन्नत विचार र चिन्तनको बीजारोपण गर्ने विचार राख्नुभयो ।

केन्द्रीकी सञ्चालिका ज्योत्सना शाक्य ‘मा आत्मो’ ले ध्यानले मानिसलाई मुक्तिको मार्ग देखाउने उल्लेख गर्नुभयो । लोभ, मोह, ईष्र्या कुण्ठाबाट विकृत मानव हृदयलाई स्वच्छ राख्न ध्यान जरुरी भएको उहाँको भनाइ छ । उहाँले ध्यानका विभिन्न विधिबारे अभ्यासमूलक प्रवचन दिनुभएको थियो ।

“आशोले २०० ध्यानका विधि पत्ता लगाउनुभएको छ”, शाक्यले भन्नुभयो, “हामीले ध्यानका सामान्य विधि मात्रै अपनाउन सके पनि धेरै फाइदा छ ।” उहाँले ओशो कुनै धर्म सम्प्रदायमा विभाजित नभएको प्रष्ट पार्नुभयो ।

योग, ध्यान र तनाव व्यवस्थापनबारे पत्रकारलाई प्रशिक्षित गर्न शिविर राखिएको शाखाका अध्यक्ष दिल शिरीषले बताउनुभयो । “शिविरले कार्यक्षेत्रमा ऊर्जाका साथ खट्न पक्कै बल मिलेको छ”, उहाँले भन्नुभयो, “समाजमा सकारात्मक सन्देश प्रवाह भएको हाम्रो विश्वास छ ।”

उहाँले जुनसुकै विचार वा वादका सकारात्मक पक्षलाई ग्रहण गर्दा अन्यथा नहुने तर्कसमेत गर्नुभयो । सधैँ अरुका लागि समय दिने, भौँतारिने पत्रकारले आफँैलाई खोज्न, चिन्न ध्यान शिविरले सघाएको शिरीषको भनाइ छ ।

सोही अवसरमा ओशो तपोवनका तर्फबाट पत्रकार महासङ्घलाई उपहार प्राप्त पुस्तकहरु पनि हस्तान्तरण गरिएको थियो । केन्द्रले यसअघि बागलुङ कारागारका कैदीबन्दीहरु बीच पनि ध्यान शिविर चलाएको थियोे ।

योग र ध्यानका कार्यक्रमलाई विस्तार गर्दै लगिने केन्द्रका अध्यक्ष लीला खड्काले बताउनुभयो । “मानिसलाई ध्यानका बारेमा सचेतना फैलाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ रहन यसले सघाउँछ ।” ध्यान शिविर पत्रकार महासङ्घ बागलुङ शाखाको हलमा भएको थियो । शिविरमा १५ क्रियाशील पत्रकार सहभागी थिए ।