७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

नेपालको नक्सा गलत प्रयोग गरे २० हजार जरिवानाका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने

नेपालको नक्सा गलत प्रयोग गरे २० हजार जरिवानाका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने
अ+ अ-

काठमाडौं । सञ्चार माध्यमहरुले नेपालको नक्सा गलत तरिकाले प्रयोग गर्न थालेपछि त्यसलाई रोक्न भन्दै नयाँ नियम कानुनको निर्णमान गरिएको छ ।

नापी विभागले आइतबार पत्रकार सम्मेलन गरी कुनैपनि सञ्चारमाध्यमले नेपालको नक्सा प्रकाशन तथा प्रशारण गर्नुअघि आधिकारिक हो होइन भनेर जाँचेरमात्रै प्रकाशन गर्न आग्रह गरेको छ । विभागले आभिकारीकभन्दा अन्य नक्सा प्रयोग गरे कानुनको भागिदार हुने भन्दै सबैलाई सजक रहन आग्रह गरेको हो ।

विभागले २०७४ साल असोज २ बाट नयाँ नक्सा प्रयोगमा ल्याएपनि अधिकांश मिडिया, विज्ञापन कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले समेत उक्त नक्साको गलत प्रयोग गरिएको पाईएको हो । विभागले प्रयोगमा ल्याएको नक्साभन्दा बिपरीतका नक्सा प्रयोग गरिरहेकाले सबैले यसको बिषयमा ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रियताजस्तो विषयमा सबैले अलिकति ध्यान दिनुपर्ने हो । ध्यान नदिँदा गलत सन्देश प्रवाह हुन्छ । त्यसैले हामीले बारम्बार भन्दै आएका छौँ । यदि कसैले नेपालको नक्सा प्रयोग गर्नुपर्यो भने विभागको वेवसाइटबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न आग्रह गर्दछौँ’ पत्रकार सम्मेलनमा विभागका महानिर्देशक गणेश भट्टले भने ।

विभागले यसै बिषयमा आजसहित चार पटक पत्रकार सम्मेलन गरेरको भन्दै उक्त सम्मेलनमा आधिकारीक नक्सा प्रयोग गर्न आग्रह गरिएको र सवै सरकारकारी कार्यालयमा पत्र समेत पठाइएको बताएको छ । अब पनि नक्साको गलत प्रयोग गरे कारवाहीको प्रक्रियामा जाने भट्टले जनकारी दिएका छन् ।

विभागले यदि नक्साको गलत प्रयोग गरे जग्गा नापजाँच ऐन, २०१९ को दफा १२ (५) बमोजिम रु २० हजार जरिवाना हुनुका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने जनाएको छ ।