६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलीमा ६.७ म्याग्नीच्यूडको भूकम्प



अ+ अ-

सान्टियागो । दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो ।

भूकम्पको अनुभव चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा गरिएको थियो ।

भूकम्पपछि हजारौं घरमा विद्युत सेवा अबरुद्ध भएको थियो । राष्ट्रिय विपद कार्यालयका रिकार्डो टोरोका अनुसार भूकम्पबाट जनमानसमा त्रास फैलिएको थियो । तर, भूकम्पबाट जनधनको क्षति भएको विवरण प्राप्त नभएको रिकार्डोले बताएका छन् ।

चिली विश्वमै भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

सन् १९६० मा चिलीको भाल्डीभियामा गएको भूकम्प सबैभन्दा ठूलो मानिन्छ । अमेरिकी सर्भेका अनुसार त्यसबखत ९ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।