६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत



अ+ अ-

अमरगढी । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डयेले जानकारी दिनुभयो । प्रदेशका नौ जिल्लाका स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो अवस्था देखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्भवतीलाई सेवा दिने उद्देश्यले बथिर्ङ सेन्टर खुल्दै गएपनि ३४ प्रतिशत महिला घरमै बच्चा जन्माउँछन् ।” प्रदेशका ७३३ वडामध्ये ६५८ मा बथिर्ङ सेन्टर स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउन नसकेको उहाँले जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लामा गर्भवतीलाई स्वास्थ्य संस्थामा आउन प्रोत्साह गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको छ ।