१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीएमसीसँग ठेक्का तोड्दै सरकार, छलफलमा आएन्न ठेकेदारका प्रतिनिधी



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबारे छलफल गर्न इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली नआएको भन्दै सरकारले ठेक्का प्रकृया तोड्ने तयारी गरेको छ ।

आइतबार खानेपानी मन्त्रालयले गरेको निर्णय अनुसार सीएमसीको ठेक्का तोडेको जानकारीको लागि चिठ्ठी लेख्ने तयारी भईसकेको जनाएको छ ।

सीएमसी वित्तीय संकटमा फसेपछि उसका कर्मचारीहरु काम छोडेर हिँडेका थिए । तर, नेपाल सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ गरेको थियो । आफ्ना कामदार पक्राउ परेलगत्तै नयाँ वर्ष मनाएर फर्किने भन्दै सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका थिए ।

पटक–पटक आग्रह गर्दा पनि सीएमसी फर्किने नदेखिएपछि सरकारले एकतर्फी रुपमा ठेक्का रद्ध गरेर धरौटी जफत गर्न लागेको हो ।

हाल मेलम्ची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ । अब सीएमसी नफर्किने लगभग निश्चित भएको खानेपानी मन्त्रालयले जनाकारी दिएको छ ।