२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले दाङमा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २९ वर्षीय हरिबहादुर रासकोटी रहेको प्रहरीले जनाएको छ । उनका साथबाट दुईवटा भरुवा बन्दुक र बदेलको जस्तो देखिने दुईवटा खुट्टा बरामद भएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले घरमै लुकाएर राखेको बन्दुक फेला पारेको थियो । पक्राउ परेका रासकोटीमाथि थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।