६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्यापछि आत्महत्या



अ+ अ-

भजनी । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

आज बिहान ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमाको हत्या गरी आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकामा दुई पटक बञ्चरो प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेको बताउनुभयो । उनको उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक दम्पतीका दुई छोरा छन् । एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको बताइएको छ ।