७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

६६ वर्षदेखिको मेची पुल तर्ने सपनामाथि नेकपा सरकारले लगायो बार

६६ वर्षदेखिको मेची पुल तर्ने सपनामाथि नेकपा सरकारले लगायो बार
अ+ अ-

भद्रपुर । भद्रपुर बासीको ६६ वर्षदेखिको मेची पुल तर्ने सपनामाथि सरकारले बार लगाएपछि नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने मेची नदीमा निर्माण भएको पुल स्थानीयले उपयोग गर्न बञ्चितबाट भएका छन् ।

हुलाकी सडकको पहिलो पुलका रूपमा निर्माण भएको सो पुल सरकारको चासो तथा प्राथमिकतामा नपर्दा निर्माण सम्पन्न भए पनि स्थानीयले उपयोग गर्न पाएनन् । निर्माण कम्पनीले उद्घाटपछि मात्र आवतजावत गर्न दिने भन्दै तीन हप्तायता काँडेतार लगाएर पुल बन्द गरेपछि स्थानीय नागरिकले थप हैरानी व्यहोर्नु पेको छ ।

निर्माण कम्पनीको यस अभियानलाई भद्रपुर नगर प्रशासनले घुमाउरो पारामा सहमती दिएपछि खोला तर्ने स्थानीयले आर्थिक शोषण समेत व्यहोर्नु परेको छ । पछिल्लो पटक पुल उद्घाटन नभएसम्म आवतजावत बन्द भन्दै काँडेतार लगाएर निर्माण कम्पनीले पुल बन्द गरिदिएपछि स्थानीय आर्थिक शोषणमा परेका छन् । निर्माण कम्पनीको पुल बन्द अभियानलाई भद्रपुर सरकारले बैधता दिएपछि मेची नदी तरेर गलगलिया जाने स्थानीयले पैसा तिरेर जानु पर्ने बाध्यता थपिएको छ ।

छठ पूजाको बेलामा भद्रपुर नगर तथा स्थानीयको आर्थिक सहयोगमा निर्माण गरिएको बाँसे पुलबाट रकम अशुल्ने काम गर्न भद्रपुर नगरले मौन सहमती दिएपछि स्थानीयमाथि आर्थिक शोषण बढेको हो । बाँसे पुल तर्दा साइकलसित १०, मोटरसाइकलबाट २०, कार लगायत साना सवारी साधनबाट ५० रुपैयासम्म अशुल भइरहेको स्थानीयको गुनासो छ । रकम असुल्न बैधानिक बाटो भने भद्रपुर नगरले खोलेको पाइदैन । मौखिक रूपमा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरलाई रकम असुल्न अनुमति दिएर भद्रपुर नगर प्रशासनले आर्थिक बिचलनको बाटो रोजेको पाइएको छ ।

सरकारले समयमै पुल जोड्ने सडक बनाउन चासो नदिएपछि नदीमा पुल छ तर वारपार गर्ने सडक छैन । पुल जोड्ने सडकका लागि नेपालतर्फको १.४५७ मिटर सडक निर्माण गर्नु पर्नेमा सरकारले १.२९० मिटर सडकको मुआब्जा विवाद टुंगो लगाउन सकेको छैन भने भारततर्फ ४०० मिटर सडक निर्माण कार्य यस वर्ष हुने हो या होइन अझै टुंगो लगाउन सकेको छैन । सरकारको बेवास्ताले पुल सञ्चालनलाई झन् अन्योल बनाएको छ ।

नेपालतर्फको १.२९० मिटर सडक खण्डमा स्थानीयले मुआब्जाको माग गरेर विवाद बल्झाएका छन् भने भारततर्फ पुल जोड्ने सडक निर्माणमा बंगाल तथा बिहार राज्य सरकारले कुनै चासो राखेको छैन । पुल सञ्चालनको पहिलो आधारका रूपमा रहेको नेपाल तथा भारततिरको सडक जोड्न सरकारले अहिलेसम्म स्पष्ट पहल गर्न सकेको छैन । सरकारको उदासिनताले यस वर्ष पनि मेची पुलबाट आवतजावतको सहजता बन्नेमा विश्वास गर्ने वातावरण बन्न सकेको छैन ।

पुल सञ्चालनको वातावरण बनाउन नेपाल भारत दुवैतिर सडक निर्माणका लागि नेपाल भारत मैत्री संघ, उद्योग संघ, रोटरी क्लब, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्थाले नेपाल सरकारलाई पटक पटक दबाव दिइरहेका छन् । तर पनि सरकारले सडक निर्माणमा रहेका कुनै पनि समस्या सम्बोध गर्न चासो देखाएको छैन ।

यस विषयमा प्रश्न गर्दा भद्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तुलसीबहादुर श्रेष्ठको भनाइ छ—“पुल निर्माण कम्पनीले पुलबाट आवतजावत बन्द गरेपछि बाँसेपुलबाट आवतजावत गर्नेसित शुल्क अशुल्न सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरलाई जिम्मा दिएका हौं । मसिक रूपमा रकम बुझाउने मौखिक सहमती भएको छ ।”


नगरका कुनै पनि कर ठेक्का प्रकृयाबाट सञ्चालित हुनु पर्ने नियम मिचेर भद्रपुर नगर प्रशासनले हुकुमी शैलीमा रकम उठाउने प्रचलनलाई निरन्तरता दिएपछि बाँसे पुलको आय व्यक्तिको गोजीमा सिमित हुने आशंका स्थानीयको छ । विधि र प्रकृया मिचेर नगर प्रशासनले केही व्यक्तिलाई गरिखाने बाटो दिएको समेत स्थानीयको आरोप छ ।