७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

वर्तमान सरकार विकास र समृद्धिको बाटोमा हिड्न सकेन : सिटौला

वर्तमान सरकार विकास र समृद्धिको बाटोमा हिड्न सकेन : सिटौला
अ+ अ-

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार विकास र समृद्धिको बाटोमा नहिडेको बताएका छन् ।

प्रेस क्लब भद्रपुरमा आयोजित अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले विगतका सरकारका पालामा सुरु भएका महत्वपूर्ण बहुवर्षे आयोजनाका काम रोकेर सरकारले नयाँ कार्यक्रम समेत ल्याउन नसकेकोले विकास र समृद्धिको बाटोबाट सरकार भागिरहेको आरोप लगाएका हुन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहिसकेका सिटौलाले एक वर्षे अवधिमा जनताको चाहना र विश्वास समेट्ने एउटा पनि उल्लेखनीय काम गर्न नसरकेर नेकपा सरकारले लाचारपन देखाइ रहेको प्रष्ट पारेका छन् ।


गृह जिल्ला झापामा दुई हप्तायता रहेका सटौलाले कार्यक्रममा बोल्दै नेपाली जनताले प्राप्त गरेको मौलिक व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रबाट निराश हुनु पर्ने दिन सरकारले नै सिर्जना गरिरहेको धारणा राखे । उनले सरकार जनपक्षीय हुन नसके संघीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा नपर्ला भन्न नसकिने प्रष्ट्याए । सरकारको कमजोरीप्रति प्रतिपक्षले खेल्नु पर्ने भूमिका अब नेपाली काँग्रेस नेतृत्वले अभिभावकत्व लिन जनजागरण अभियान चलाउनु पर्ने बताए ।

नेता सिटौलाले संघीय संरचना अनुसार पार्टी रूपान्तरण गरी जनताका घरदैलोसम्म जागर अभियान चलउन ढिालो गर्नु नहुने स्पष्ट पारे । उनले राज्यको एउटा अंगका रूपमा रहेको वायु सेवा निगम डुबाउन भूमिका खेल्ने जो कोही पनि कार्वाहीको भागिदार हुनु पर्ने नेपाली काँग्रेसको बटमलाइन रहेको जनाए । पार्टीको केन्द्रीय समितिले आधिकारिक धारणा प्रस्तावका रूपमा ह्वाइटबढीका दोषीमाथि कार्वाही गर्न सर्वसम्मत पारित गरेको तर्क गर्दै सिटौलाले सरकारले भ्रष्टाचारमा संलग्न जोगाउन विभिन्न बाहनाबाजी गर्नुनहुने जनाए ।

पछिल्लो पटक काँग्रेस सभापतिमाथि विमान घोटलाको आरोप लागेको प्रति लक्षित गर्दै सिटौलाले दोषी ठहर भए कार्वाह ीगर्न काँग्रेस सहयोगी हुने प्रष्ट पारे । सिटौलाले विगतमा झापाको समृद्धिका लागि आफू संसद हुँदा कार्यथालनी भएका दर्जनौं आयोजनाको काम रोकेर सरकारले विकास बिरोधी कार्य गरेकोमा आपत्ति समेत जनाए ।

उनले ऐतिहासिक नगर भद्रपुरको सुस्त स्वरूपबाट मुक्ति दिने प्रदेश नम्बर १ को सवैभन्दा ठूलो सभागृहका रूपमा निर्माण भइरहेको गिरिजाप्रसाद स्मृति भवनको काम रोकिनु, निर्माण सम्पन्न भएको मेची पुलबाट नागरिकले आवतजावत गर्न नपाउनु बिडम्बना भएको तर्क गरे । उनले परिवर्तित राजनीतिक संरचनाको संरक्षणका लागि नेपाली काँग्रेसले रूपान्तरणमा जान ढिलो गर्नु नहुने समेत जनाए ।

विधि र प्रकृया मिचेर सरकार अधिनायकवादको बाटोमा हिड्ने संकेत देखिएको भन्दै नेता सिटौलाले जनमत स्वेच्छाचारी प्रवृत्तिका लागि नभएकोले जनपक्षीय कामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।