• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक

भगवानकै सयौ बिघा जग्गा गायब !



काठमाडौं । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन। यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायब सरह।
मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन। राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा)लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए। निःसन्तान बुबु बडामहारानीले जीवनको आखिरी अवस्थामा त्यो जग्गा पशुपतिनाथ (श्री)का नाममा दान गरेकी थिइन्।
त्यसको अभिलेख सनद, सवाल, लालमोहर, शिलापत्र, ताजपत्र, भोजपत्र, ताडपत्र आदिमा रहेको कोषले जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
यति ठूलो परिमाणको जग्गा गायब पारिएको धेरै वर्ष भने भएको छैन। २०४२ सम्म हकभोग गर्नेहरूले यसको तिरो (कुत) तिरेका थिए। विस्तारै त्यो क्रम रोकियो। २०४४ मा पशुपति क्षेत्र विकास कोष स्थापनापछि भने तिर्ने क्रम ठप्प भयो। कोषले जग्गा छ भन्नेसम्म मतलब गरेन। अभिलेखमा राखेन।
अचम्म त यो छ– यसको स्रेस्ता न कोषसँग छ, न मालपोत, न गुठीसँग। कोषका सदस्य सचिव प्रदीप ढकालले आफू पदमा आएपछि पशुपतिनाथ मन्दिरका नाममा रहेको सम्पत्ति खोजबिन गर्न थालेको बताए।
झन्डै एक वर्षअघि कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा पशुपतिनाथको चल अचल सम्पत्ति छानबिन समिति बन्यो। समितिले सम्पत्ति खोज्ने क्रममा रौतहट, सर्लाही, सिरहा र पर्सामा पनि जमिन रहेको पाएको हो।