२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै सबैभन्दा बृद्ध महिलाको मृत्यु



अ+ अ-

काठमाडौं । विश्वका सबैभन्दा वृद्ध मानिस मासानो नोनाकाको निधन भएको छ । विमानको आविष्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको ११३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । समाचार राजधानी दैनिकमा छ ।

गिनिज वल्र्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो ।

गत वर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।

‘हामीलाई विश्व प्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ । उहाँ शनिबारसम्म सामान्य जीवन बिताइरहनुभएको थियो । परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गर्नुभएको छ,’ उनकी नातिनी युकोलाई उद्धृत गर्दै क्योदो समाचार समितिले जनाएको छ ।

छ भाइ र एक बहिनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गरेर पाँच सन्तानका बाबु बनेका थिए । उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए । उनकोे जीवनको उत्तराद्र्धमा टेलिभिजनमा कुस्ती हेर्ने र मिठाई खाने सोख रहेको पारिवारिक स्रोतले बताएको छ ।

सामान्यतया जापानीहरूको दीर्घ जीवन हुने गर्दछ । विश्वका धेरै वर्षसम्म बाँच्ने मानिसको सूचीमा कैयौं जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ ।

जापानी नागरिक जिरोमी किमुरालाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ । उनको ११६ बर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो । प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १२२ बर्षको उमेरमा निधन भएको थियो ।