![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/resham-chaudrya.jpg)
काठमाडौं । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् ।
कैलाली क्षेत्र नं। १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए । सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो ।
स्रोतका अनुसार सभामुख महरालाई जेलमै गएर सपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उनले त्यहाँ नजाने अडान राखेका थिए ।नागरिक दैनिकमा समाचार छ ।