२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले सुन बुझायो, बुझाउँदाखेरि सुन नै थियो, परीक्षण गर्दा तामा निस्कियो !



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले धादिङबाट हिजो सुन भनेर बरामद भएको ४ केजी पित्तल रहेकोमा आश्र्चय प्रकट गरेका छन् ।

उनले सुचनाकै आधारमा सुन भनेर समात्दा सुन नभई अरु केहि निस्निुले प्रहरी प्रशासन माथि नै अविश्वास देखिएको बताएका छन् । उनले सुचना दिने र लिनेमा बेमेल देखाद फरक नतिजा निस्केको बताए ।

उनले भने, भने,‘चार केजी सुन प्रहरीले बुझायो, बुझाउँदाखेरि सुन बुझाएको, उता परीक्षण गर्दा तामा निस्कियो भन्ने कुरा आएको छ । यो भनेको कुरा, सुन बरामद भयो । तर, हेर्दैमा सुन होईन भन्न सकिँदैन । त्यसैले प्रहरीले मुचुल्का गराउँदा पहेंलो सुनजस्तो देखिने, यति तौलको भनेर नै बरामद गर्छ । यसमा थप अनुशन्धान गर्दा फलाम देखियो । यसमा ठगी मुद्दाअन्र्तगर्त कारबाही भैरेहेको छ।’

३३ केजी सुन प्रकरणपछि अहिले ठाउँ–ठाउँमा सुन समातिने क्रमहरु देखिरहेको सुनाउँदै यसमा प्रहरीको सक्रियताको ठूलो भूमिका रहेको सुवेदीले बताए । उनले भने,‘नेपाल अझैपनि धेरै किसिमका संगठित अपराधहरुलाई ब्रेक गर्न सफल भएपनि तीन वटा कुराको संगठित अपराधको अझै ब्रेक गर्न जरुरी गर्न देखिन्छ । पहिलो, मानव तस्करी, दोस्रो ड्रग्स, तेस्रो स्मग्लिङ । प्रहरीले अहिले स्मग्लिङलाई साईजमा ल्याएको छ ।’

प्रहरीको यहि रफतार हुने हो भने अबको केहि बर्षमै अपराधिक क्रियाकलाप जोरो प्रतिशतमा आउने सुवेदीको दाबि थियो ।