७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

सीमा पार गर्न आतुर छन् आप्रवासीहरु
अ+ अ-

टेक्सास । एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् ।

महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एक दिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन् । आफू अमेरिकातर्फ लागेको उनले पतिलाई सुँइकोसम्म दिइनन् । दक्षिण टेक्सासको क्याथोलिक च्यारिटी शिविरको प्राङ्गणमा कुरा गरिरहँदा उनका छोरा त्यहीँ नजिकै खेल्दै थिए । बाबुले तातो पानी खन्याइदिएका कारण ती बच्चाको टाउकाको एक भागमा कपाल पनि छैन ।

“म सधैं अपराधीजस्तो भएर बाँचेकी थिएँ,” ३० वर्षीया ओर्बेलिनाले भनिन् । “सधैँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाउन चाहेको पर्खालले ओर्बेलिनाका जस्ता कथा साँचेका परिवारलाई रोक्ला भन्ने देखिन्न । हरेक महिना यस्तै कथा सङ्गालेका हजारौं मानिस अमेरिका–मेक्सिकोको सीमा पार गरेर अमेरिका प्रवेश गरिरहेका छन् ।

ट्रम्प प्रशासन ५ अर्ब ७० करोड अमेरिकी डलर खर्चेर मेक्सिको सीमामा करिब ३२० किलोमिटर लामो मजबूत पर्खाल बनाउन चाहन्छ । यो पर्खालमध्ये अधिकांश भाग दक्षिण टेक्सासमा पर्दछ । अरु ठाउँभन्दा यही विन्दुबाट अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै छन् ।

कङ्ग्रेसले यही क्षेत्रमा ५३ किलोमिटर नयाँ तारबार लगाउन बजेट विनियोजन गरिसकेको छ । यो नयाँ तारबारको अधिकांश हिस्सा उत्तरतर्फको रियो ग्रान्डेमा रहनेछ । रियो ग्रान्डेले संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच प्राकृतिक सीमा (जलक्षेत्र)को पनि प्रतिनिधित्व गर्दछ । यस विन्दुबाट अमेरिका प्रवेश गर्नेहरुले शरणका लागि अमेरिकी अधिकारीसमक्ष आवेदन दिन पाउँछन् ।

पर्खाल निर्माणको बजेट पारित गर्नेतर्फ राष्ट्रपति ट्रम्प र सिनेट रिपब्लीकनको पछिल्लो प्रस्तावले अमेरिकामा शरण चाहनेहरुका लागि आवेदनलाई अझ कडा बनाउनेछ । प्रस्तावमा शरण दिनुअघि “राष्ट्रिय हित”लाई पहिलो प्राथमिकतामा राखिने उल्लेख छ । अमेरिका आइपुगेका सबै मध्य अमेरिकी बालबालिकाको नामदर्ता गर्दा उनीहरुकै देशको नाम लेखिनेछ, अमेरिका लेखिने छैन ।

राष्ट्रपति ट्रम्पले शनिबार गर्नुभएको सम्बोधनमा यी प्रावधानका बारेमा केही बताउनुभएको छैन । तर अमेरिकन इमिग्रेसन लयर्स एसोसिएसनका निर्देशक ग्रेग चेनले आफूहरु ऐतिहासिक परिवर्तनको पक्षमा रहेको तर राष्ट्रपतिको प्रस्ताव स्वीकार्य नरहेको बताउनुभयो । विपक्षी डेमोक्र्याट पार्टीका वरिष्ट नेताहरुले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

रियो ग्रान्डे भ्यालीको क्याथोलिक च्यारिटीका कार्यकारी निर्देशन सिस्टर नोर्मा पिमेन्टलले संस्थाको शिविरमा आश्रित कतिपय आप्रवासी परिवारहरुले गैरकानुनी तरिकाबाटै रियो ग्रान्डे नदी तर्ने चाहना राखेको बताउनुभयो ।

“हामीले सीमालाई सुरक्षित गर्नुपर्छ भन्नेमा दुईमत छैन, र हामीले हाम्रो देशलाई अपराधीहरुबाट पनि सुरक्षित राख्नै पर्दछ,” पिमेन्टलले भन्नुभयो । राष्ट्रपति ट्रम्पले निर्दोश आप्रवासीलाई भेट्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “ट्रम्पले बालबालिकालाई भेट्नु आवश्यक छ र यहाँ रहेका ठूलो संख्याका परिवारले संरक्षण र सुरक्षा चाहेका छन् ।”

डेसी यानिरा सेन्टेनो पनि एल साल्भाडोरबाट भागेको एक महिनापछि अमेरिका–मेक्सिको सीमामा आइपुगेकी थिइन् । केही बदमास समूहले उनकी १५ वर्षीया छोरीलाई धाकधम्की समेत दिएका थिए ।

सेन्टेनोले सुनाइन्, एक जना मानव तस्करले पुलको बाटोभन्दा रियो ग्रान्डेबाट अमेरिका प्रवेश गर्नु सहज हुने बताएका थिए । पुलको बाटोहुँदै अमेरिका प्रवेश गर्नेहरुलाई अमेरिकी भन्सार अधिकारीहरुले अनेक दुःख दिएर निवेदन दर्ता नगरिदिने प्रवृत्ति रहेको छ । त्यहीकारण, उनले आफू, छोरी र अरु दुईजना ७ र ११ वर्षका बालबच्चाका लागि डुङ्गा चढ्न जनही २० डलर तिरिन् । नदीमा डुङ्गा ढलपल गरी विस्तारै चल्दा आफू असाध्यै त्रसित भएको उनले सुनाइन् ।

“त्यतिखेर जीवन र मृत्युको अनुभव भयो,” उनले भनिन् । “तपाईंलाई थाहा छ, त्यतिखेर मलाई किन आफ्नो देश छाडेर यहाँ आएँ भन्ने लाग्यो ।”

अरु कैयौंले अवैधानिक किसिमबाट नदी तर्न चाहेनन् । उनीहरुले मान्यताप्राप्त बाटोबाटै अमेरिका जान जिद्दी गरिरहेका थिए । दक्षिण टेक्सास र त्यस आसपासका धेरै ठाउँका सीमामा अमेरिकी भन्सार अधिकारीहरुले आप्रवासीको निवेदन प्रशोधन गर्न असाध्यै ढिला गरिदिन्छन् । आवेदन गर्न खोज्ने हजारौं हुन्छन्, तर असाध्यै कमको मात्र निवेदन लिइन्छ । त्यहीकारण, मानिसहरु पुलमै धर्ना दिएर बस्छन् अथवा मेक्सिकोमा रहेका शिविरमा पालो कुरेर बस्छन् ।

“तपाईंले हामीहरु अमेरिकाका लागि खतरा हौं भन्न सक्नुहुन्न,” भार्गासले भनिन् । “हामी यहाँ धैर्यपूर्वक बसिरहेका छौं, यसको मुख्य कारण नै कानुनी तरिकाबाटै सबै कुरा होस् भन्ने हामी पनि चाहन्छौं ।”

ट्रम्प प्रशासनका अधिकारीहरु भने अमेरिका प्रवेश गर्ने नाममा आप्रवासीहरुले गैरकानुनी दाबी गरिरहेको तर्क गर्दछन् । अध्यागमन अदालतहरुले शरणका लागि चित्तबुझ्दो आधार प्रस्तुत नगरेको भन्दै गत वर्ष करिब ६५ प्रतिशत आप्रवासन मुद्दाहरु नै खारेज गरिदिएका थिए ।

प्रशासनले शरणको अधिकारलाई सीमित गर्न निकै लामो समयदेखि प्रयास गरिरहेको छ । गत वर्ष डिसेम्बरमा एकजना सङ्घीय न्यायाधीशले घरेलु हिंसा पीडितलाई शरण नदिने भन्ने अमेरिकी प्रशासनको नीतिगत परिवर्तनको आदेशलाई उल्ट्याइदिएका थिए । त्यसपछि अमेरिकी गृह सुरक्षा विभागले अमेरिकामा शरणको माग गर्नेहरुलाई मेक्सिकोमै केही समय रोकिन आग्रह गरेको थियो ।

सीमामा थुप्रिएका अधिकांश मानिसलाई त्यहाँसम्म आइपुग्न धेरै साता लागेको थियो । हजारौं किलोमिटरको यात्रा गरेका उनीहरुले पैदल हिँडेर वा गाडी भाडामा लिएर अमेरिकाको सीमासम्म आइपुगेका थिए ।

तर क्याथोलिक च्यारिटीमा रहेबसेका महिलाहरुले आफूहरुसँग अरु कुनै बिकल्प बाँकी नरहेको बताएका छन् ।
शिविरमा निराश मुद्रामा भेटिएकी ओर्बेलिनाले मदिरा सेवन गरेर आउने उनका पतिले दिनहुँ रातिराति कुटपिट गर्ने गरेको दुःखेसो पनि सुनाइन् । कहिलेकाहिँ उनले केटाकेटीहरुलाई पनि पिट्ने गर्दथे, उनले भनिन् ।

उनी भन्छिन्, मैले पतिको ज्यादतिका बारेमा प्रहरीकहाँ पनि उजूरी दिएँ । तर प्रहरीमा पतिले उल्टै मैले कुटपिट गरेको बताउँथे । उनलाई प्रहरीले कहिल्यै पक्राउ गरेन ।

उनले भनिन्, मैले छ महिना लगाएर भाग्ने योजना बनाएँ, पैसा खोजें र अमेरिकाको क्यालिफोर्नियामा रहेका आमाबुबाले पनि पैसा पठाइदिए । उनी टेक्सासको प्रोग्रेसोको बाटो हुँदै आधिकारिक रुपमा अमेरिका प्रवेश गरेकी छिन् ।

उनी आमाबाबुसँग चाँडै भेट्न पाइनेमा ढुक्क छिन् । उनी अमेरिकामै पारपाचुकेको निवेदन दिने र अमेरिकी कानुन बमोजिम संरक्षण आदेश लिने योजनामा छिन् ।

“म यहीँ काम गर्ने र छोराछोरी हुर्काउने आशामा छु,” ओर्बेलिनाले भनिन् । “म उनीहरु खुशी भएको हेर्न चाहन्छु ।”