२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्धारा न्युजिल्यान्ड आठ विकेटले पराजित



अ+ अ-

काठमाडौं । पहिलो एक दिवसीय क्रिकेट खेलमा भारतद्धारा न्युजिल्यान्ड पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराव खेल प्रर्दशन गर्दा भारतद्धारा आठ विकेटले पराजित भएको हो । न्युजिल्यान्डले दिएको १५६ रनको समान्य लक्ष्य भारतले ३४.५ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो ।

५० ओभरमा १५८ रन बनाएपनि भारतले जवाफी ब्याटिङ गर्दै गर्दा खराब मौसमका कारण खेल रोकिएको थियो । पछि एक ओभर घटाएपछि भारतले १५६ रनको लक्ष्य पाएका थियो ।

भारतको जितमा ओपनर शिखर धनवले अविजित ७५ रन बनाए । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४५ रन बनाए ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६४ रन बनाएपनि अन्य भने खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ भारतका कुलदीप यादवले ४ विकेट लिदा मोहम्मद सामीले तीन विकेट लिन सफल भए ।

जितसँगै भारतले पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजमा १-० को अग्रता बनाएको छ ।