२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा क्षेत्रमा विप्लव माओवादीले लगाए काँडेतार



अ+ अ-

चितवन । भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले मंगलबार काँडेतार लगाएको छ। पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) को टोलीले करिब ३० मिटर सीमानामा काँडेतार लगाएको हो।

१९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौता खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा व्यवस्थित गराउन विप्लव माओवादीले माग गरेको छ। राष्ट्रियता र जनताको जनजीविकाको पक्षमा विप्लव माओवादीले आवाज उठाउँदै आएको भन्दै केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपालको सीमा रक्षाका लागि जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताए। उनले सीमा रक्षाका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

माडी नगरपालिका–५ सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको शुरुआत गरिएको अखिल ९क्रान्तिकारी० का केन्द्रीय महासचिव प्रकाश शाहीले बताए।
भारतले सीमा मिच्दा पनि सरकारले बेवास्ता गरेको भन्दै उनले काँडेतार लगाउन बाध्य भएको नेपाल समाचारपत्रलाई बताए। नेपाली झन्डासहित काँडेतार लगाएर सरकार र भारतलाई खबरदारी गरिएको उनको भनाइ छ।

विप्लव माओवादी माडी नगरपालिकाका इन्चार्ज टीका न्यौपानेले नेपाल भारत सीमा सोमेश्वर क्षेत्रको दश गजामा सीमा मिचेका कारण काँडेतार लगाएको बताइन्। देशभरका सीमाना मिचिइरहेको बेला सांकेतिक विरोधस्वरूप ३० मिटर सीमानामा काँडे तार लगाइएको उनले बताइन्। ‘२५ वर्ष पहिले नाचनचुरी डाँडा हाम्रो नेपालको भूभाग थियो’, उनले भनिन्– ‘हाम्रो सीमा अहिले बिस्तारै तल झरेको छ।’ पछिल्लो समय सो क्षेत्रमा नेपालीको आवतजावत बढे पनि भारतीयको हस्तक्षेप भने नरोकिएको उनले बताइन्। माडीको सोमेश्वरगढी धार्मिक तथा ऐतिहासिक क्षेत्र हो। नेपाल र अंगे्रजबीच लडाइँको समयमा सो क्षेत्रमा गढी निर्माण गरी नेपाली सेना तैनाथ गरिएको थियो। नेपाल समाचार पत्रबाट ।