७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

न्यायको आशामा ६ महिना बित्यो, यातना दिनेमाथि कारबाही भएन

न्यायको आशामा ६ महिना बित्यो, यातना दिनेमाथि कारबाही भएन
अ+ अ-

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि सुनुवाइ नभएको पीडितले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् ।

दिलीपलाई यातना दिई अपराध कबुल गर्न लगाएको भन्दै पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ४ जनाका नाममा यातना कसूरसम्बन्धी जाहेरी दर्ता भएको थियो । ‘जाहेरी दिएको एक महिनासम्म पनि कुनै सुनुवाइ भएन,’ पत्रकार सम्मेलनमा खडकले भने, ‘यातना दिनेलाई कारबाही र उचित क्षतिपूर्ति दिइनुपर्छ ।’

भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीप विष्टलाई प्रहरीले भदौ ४ गते घटना भएको २६ औं दिन मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । ‘यातनाका कारण दिलीपको स्वास्थ्य ठीक छैन,’ खडकले भने, ‘उपचारका लागि अहिलेसम्म डेढरदुई लाख खर्च भइसक्यो ।’

दिलीपलाई २६ दिन प्रहरी हिरासतमा राखेर डीएनए नमिलेपछि छाडिएको थियो । मानसिक अस्वस्थ उनी प्रहरीको यातनापछि झनै अस्वस्थ बनेका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको खडकले बताए । केही दिनअघि मात्रै उनलाई घर ल्याइएको हो ।

औषधि खुवाउनुपर्ने र आवश्यक खर्चको अभावमा उपचार रोकिएको उनले जानकारी दिए । खडकले तत्कालीन एसपी विष्टसँगै केन्द्रीय अनुसन्धान ब्युरोका निलम्बित डीएसपी अंगुर जीसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र निलम्बित प्रहरी निरीक्षक एकीन्द्र खडकाका नाममा यातनासम्बन्धी जाहेरी दिएका थिए ।

उनीसँगै निर्मलाकी आमा दुर्गादेवीले पनि प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन एसपी विष्टसहित ८ जनाका नाममा जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने जाहेरी दर्ता भएर अनुसन्धान चलिरहेको जनाएको छ ।

न्याय माग्नमै बिते ६ महिना
निर्मला घटना भएको बिहीबार ६ महिना पूरा भयो । तर अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन । घटना भएकै दिनदेखि न्यायका लागि चरणबद्ध रूपमा आन्दोलन चलिरहेको छ ।

न्यायकै लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्ना पनि यथावत् छ । पीडित परिवारले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेको थियो । ‘अब त न्याय पाउने आस पनि मर्‍यो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘हत्यारा पत्ता नलाग्दा पीडा झन् बढिरहेको छ ।’

घटनाको अनुसन्धानका लागि प्रहरीका विभिन्न टोली गठन भइसकेका छन् । गृह मन्त्रालयले पनि उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । अहिले पनि सीआईबीको टोलीसँगै जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।