२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलेरोको ठक्करबाट एक घाइते



अ+ अ-

मुग्लिन । चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । नरायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना३च ५९७७ नंको बलेरोले बुधबार राति ८ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा पैदल हिँडिरहेका सोही स्थानका १६ वर्षीय रबिन भुजेललाई ठक्कर दिएकाले उहाँ सख्त घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।

भुजेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।