१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको पत्र : कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको छु



अ+ अ-

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा त्रुटी भएको र उक्त त्रुटीलाई सुधार गर्न माग गरेका छन् ।

उनले आज अनसन स्थलबाटै सांसदहरुलाई सार्वजनिक पत्र लेखेर विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका हुन् ।

केसीले आफूले कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको बताएका छन् । उनले केहि सांसद हरुको हतारको निर्णयमा प्रस्तुत भएको बिधेयकले गुणस्तरीयतमा सुधार गर्न नसक्ने जनाएका हुन् । उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने आफ्नो माग माथेमा कार्यदलको सुझाव र स्वास्थ्य सेवाको गुणस्तरसँग समेत जोडिएको उनले बताएका छन् । डा.केसीको पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो ।’