६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको पत्र : कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको छु



अ+ अ-

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा त्रुटी भएको र उक्त त्रुटीलाई सुधार गर्न माग गरेका छन् ।

उनले आज अनसन स्थलबाटै सांसदहरुलाई सार्वजनिक पत्र लेखेर विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका हुन् ।

केसीले आफूले कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको बताएका छन् । उनले केहि सांसद हरुको हतारको निर्णयमा प्रस्तुत भएको बिधेयकले गुणस्तरीयतमा सुधार गर्न नसक्ने जनाएका हुन् । उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने आफ्नो माग माथेमा कार्यदलको सुझाव र स्वास्थ्य सेवाको गुणस्तरसँग समेत जोडिएको उनले बताएका छन् । डा.केसीको पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो ।’