७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै, अनुगमन जिरो

तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै, अनुगमन जिरो
अ+ अ-

बर्दिवास । बजारबाट खरिद गरेका वस्तुको तौलमा महोत्तरीका उपभोक्ता ठगिँदै गरेका छन् ।

जिल्लाका हाटबजारलगायत ग्रामीण बस्तीका पसलहरुमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता ठगिने गरेका हुन् ।

खासगरी साप्ताहिक हाट ९साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार० मा काठे तराजु र ढुङ्गे ढकको प्रयोग बाक्लो छ । विशेषगरी दैनिक प्रयोजनका लागि किराना वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरिएको उपभोक्ताको गुनासो छ ।

बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका समान र तरकारी घरमा ल्याएर तौलदा सधैँ घट्ने गरेको भङ्गाहा नगरपालिका–४ का गृहिणी ऐसा खातुन बताउनुहुन्छ । साप्ताहिक हटियामा तरकारी बेच्न त ढुङ्गे ढक र परम्परागत तराजु नै वर्षौंदेखि प्रयोग हुँदै आएको खातुनको गुनासो छ । किनेर ल्याइएका खानेतेल, चामल, पिठो, मैदा र धुलो मसलासहितका खाद्यवस्तु त राम्रो भनेर ल्याइने गरिए पनि बेस्वादको हुने गरेको उपभोक्ता बताउँछन् ।

जिल्लाका सबैजसो साप्ताहिक हाट बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक व्यापारीले प्रयोग गर्दा आफूहरु ठगिनु परेको आम उपभोक्ताको गुनासो छ । बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामको ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको हुने गरेको जिल्लाकै बर्दिवास नरपालिका–५ की गृहिणी सविना पौडेलले बताउनुभयो । यसरी परम्परागत तराजु र ढुङ्गे ढकको तौलले समान लिनुपर्दा एक किलोग्राममा २०० ग्रामसम्म कम हुने गरेको उपभोक्ताले बताएका छन् ।

बजार र पसलमा नापतौल र वस्तुको गुणस्तर अनुगमन गर्ने खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वर, स्थानीय प्रशासन, जिल्लाका उद्योग वाणिज्य सङ्घ र स्थानीय तहले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको सामाजिक, राजनीतिक कार्यकर्ताको गुनासो छ । प्रचलित कानूनी व्यवस्थाअनुसार अनुगमन गर्ने अधिकार र दायित्व पाएका अधिकारी, सङ्घ, संस्था र निकायको उदाशीनताले बजारमा बेथिति बढेको नेपाली काङ्ग्रेस बर्दिवास नगर समितिका सचिब युवराज पोखरेल बताउनुहुन्छ ।

यता बर्दिवास उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय र खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरसँग समन्वय गरेर प्रमाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि अपेक्षित सङ्ख्यामा सम्पर्कमा नआएको जनाएको छ । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरि कारवाही बढाइने सङ्घका महासचिव भवनाथ खतिवडाको भनाइ छ ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख नवीनकुमार देउजा बजार, हाट र स्थायी पसलमा विभिन्न निकायको समन्वयमा वस्तुको गुणस्तर र नापतौलको अवस्थाबारे अनुगमन गरिँदै आइएको बताउनुभयो ।